Monday 19th January 2026

सरकारलाई जिम्मेवार बनाउनु प्रतिपक्षको दायित्व हो: गगन थापा


तितोपाटी- नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको परिवेशमा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने आफ्नो पार्टीको प्रयास र प्रयत्न रहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले काँग्रेसले अहिले बाँकी सबै कुरा बिर्सेर सरकारलाई जनताप्रति उत्तरदायी तथा उनीहरुको दुःखप्रति जिम्मेवार बनाउने प्रयास गरिरहेको बताए ।

नेता थापाले देशभर सडकमा ओर्लिएर सरकारको विरुद्धमा प्रदर्शन गर्नु रहर नभई बाध्यता रहेको उल्लेख गरे । उनले भने, “यस परिस्थितिमा प्रतिपक्षको धर्म भनेको सरकारलाई झकझक्याउनु र जनताको दुःखप्रति जिम्मेवार बनाउनु हो ।” युवा नेता थापाले पार्टीको महाधिवेशनका विषयमा सम्भवतः पुसको २ वा ३ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...