Monday 19th January 2026

फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा समस्या


तितोपाटी- लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या आएको छ । फेसबुकअन्तगर्तका म्यासेन्जर, इन्स्टाग्राममा समस्या देखिएको हो ।

म्यासेन्जरमार्फत सन्देश पठाउँदा इन्टरेट कनेक्सन नभएको बताउनुका साथै सन्देश जान ढिलो हुने समस्या देखिएको हो । विश्वभरबाट लाखौँ प्रयोगकर्ताले फेसबुकलाई उक्त समस्याका बारेमा रिपोर्ट गरेका छन् । यस्तै, फेसबुक लग इन गर्न पनि समस्या भएको केही प्रयोगकर्ताले बताएका छन् ।
बिहीबार अपरान्हबाट उक्त समस्या आएको हो । यो समस्याको कारण के हो र यो कति लामो समयसम्ममा समाधान हुन्छ भने एकिन नभएको बताइएको छ ।
फेसबुकका प्रवक्ताले पनि केही प्रयोगकर्ताहरूबाट म्यासेन्जर, इन्स्टाग्राम र वर्कप्लेस च्याटमा सन्देश पठाउन समस्या भएको रिपोर्ट गरेको बताएको डेलिमेलले उल्लेख गरेको छ ।
‘हामी यी माध्यममा देखिएका समस्याबारेमा सचेत छौँ’ फेसबुकका प्रवक्ताले भने, ‘छिटोभन्दा छिटो समस्या समाधान गर्नका लागि प्रयास भइरहेको छ ।’


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...