Monday 19th January 2026

नेकपा अध्यक्षद्धोय ओली र दाहालबीच भेटवार्ता


तितोपाटी- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । दुई अध्यक्षको पत्र जुहारी चलेको र पछिल्लो समय संवाद समेत हुन छाडेको अवस्थामा भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । मंसिर २१ गतेबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्रहरु छलफलका लागि प्रस्तुत गरिएको थियो । स्थायी समिति सदस्यालाई छलफलका लागि भन्दै स्थायी समिति बैठक २८ गते सम्मलाई स्थगित गरिएको छ । २१ गतेको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी भएका थिएनन् । उनी बैठकमा अनुपस्थित भए पनि पत्रमार्फत स्थायी समिति सदस्यलाई सम्बोधन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...