Wednesday 18th February 2026

नेकपा अध्यक्षद्धोय ओली र दाहालबीच भेटवार्ता


तितोपाटी- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । दुई अध्यक्षको पत्र जुहारी चलेको र पछिल्लो समय संवाद समेत हुन छाडेको अवस्थामा भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । मंसिर २१ गतेबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्रहरु छलफलका लागि प्रस्तुत गरिएको थियो । स्थायी समिति सदस्यालाई छलफलका लागि भन्दै स्थायी समिति बैठक २८ गते सम्मलाई स्थगित गरिएको छ । २१ गतेको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी भएका थिएनन् । उनी बैठकमा अनुपस्थित भए पनि पत्रमार्फत स्थायी समिति सदस्यलाई सम्बोधन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...