Monday 19th January 2026

संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न प्रधानमन्त्रीको दलहरुलाई आग्रह


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न सबै दल एक हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन् ।

बैठकको शुरुमा प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे दलहरुलाई जानकारी गराएका थिए । सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरु सहभागी रहेका छन् ।

बैठकमा राजसंस्था पुनर्स्थापनाका लागि देशभर भइरहेको प्रदर्शन, कोभिड महामारी लगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको छ ।
यसैबीच बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...