Friday 15th August 2025

पछिल्लो २४ घण्टामा १०१४ कोरोना संक्रमित थपिए, थप २० जनाको मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन । योसंगै अहिलेसम्म कुल दुई लाख २७ हजार ४ सय ३३ जना संक्रमित निको भएका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १७ लाख ९० हजार ७ सय ३९ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले क्वारेन्टिनमा ५ सय २७ जना बसिरहेका छन । पछिल्लो २४ घन्टामा थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट हालसम्म १ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

कहिले कृषी मन्त्रालयमा बजेट छैन भन्ने कहिले निगुरोलाई किसानले मल हालेर अभाव भएको बयान दिने कृषी मन्त्री को बयान ले…

विषाक्त रक्सीको सेवनबाट कुवेत का विभिन्न अस्पतालहरूमा भर्ना भएका ६३ जना मध्ये १३ जनाको मृत्यु भईसकेको छ । देशभरका सुरक्षा…

तितोपाटी -  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका…

प्रतिकृयाहरू
...