Monday 23rd March 2026

सुरक्षित देशमा सफल उडान गरेकाले प्रतिबन्ध हटाउनुपर्ने : पर्यटनमन्त्री


तितोपाटी- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुसी व्यक्त गरेका छन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले युरोपियन युनियनको पछिल्लो धारणा स्वागतयोग्य भएको बताएका हुन । नेपालको वायुसेवा निगमले अस्ट्रेलिया जस्तो उड्डयन सुरक्षाको दृष्टिकोणले निकै नै सुरक्षित मानिएको देशमा समेत सफल उडान गरिसकेकाले अन्य आकासमा पनि प्रतिवन्धित हुनु नपर्ने मन्त्री भट्टराईको भनाइ छ ।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनरसंरचना गर्नका लागि नयाँ कानूनको मस्यौदा गरिरहेको छ । संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने मन्त्री भट्टराईले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा इयुले नेपालले हवाई सुरक्षाका लागि गरेको प्रस्ताव स्वागत योग्य भएको जनाएको छ । ईयूले सन २०१३ को डिसेम्बरदेखि नेपालको हवाई उड्यनलाई कालो सूचीमा राखेको छ । जसका कारण नेपालका कुनैपनि विमानले युरोपमा उडान गर्न पाएका छैनन ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...