Tuesday 27th January 2026

पछिल्लो २४ घण्टामा १०२४ जना कोरोना संक्रमण


तितोपाटी- शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ४०२ जना महिला र ६२२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । कुल संक्रमित मध्ये २ लाख २४ हजार ५३ जना निको भएका छन् । शनिबार मात्रै थप २ हजार २०६ जना निको भएको मन्त्रालयले जनाएको छ । देशभर १४ हजार २५५ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै मृतकको संख्या १ हजार ५७७ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...