तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्याली प्रदर्शन गरेको छ । पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको ¥यालीले बजार परिक्रमा गरेको थियो । र्यालीपछी आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी, युवा नेता राजाराम बर्तौला लगायतले जनताले परिबर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने बताए । प्रदर्शनका क्रममा राजा र हिन्दु राष्ट्रको पक्षमा राप्रपा कार्यकर्ताहरुले नारावाजी गरेका थिए । राप्रपाले लामो समयदेखि हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको छ । आजै ट्विट गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थासँगै भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनविरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताएका छन ।