Wednesday 18th February 2026

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै हेटौंडामा प्रदर्शन


तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको ¥यालीले बजार परिक्रमा गरेको थियो । र्‍यालीपछी आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी, युवा नेता राजाराम बर्तौला लगायतले जनताले परिबर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने बताए । प्रदर्शनका क्रममा राजा र हिन्दु राष्ट्रको पक्षमा राप्रपा कार्यकर्ताहरुले नारावाजी गरेका थिए । राप्रपाले लामो समयदेखि हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको छ । आजै ट्विट गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थासँगै भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनविरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताएका छन ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...