Monday 23rd March 2026

पछिल्लो २४ घण्टामा १२७२ कोरोना संक्रमित थपिए, थप १६ जनाको मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टामा १२ सय ७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १२ सय ७२ सहित संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ।

मन्त्रालयका अनुसार आज १ हजार ५७५ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ। देशभर क्वारेन्टिनमा ५३७ जना रहेका छन् भने आइसोलेसनमा १५ हजार ४४७ जनाको उपचार भइराखेको छ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...