Monday 23rd March 2026

गोकर्णेश्वरमा सिन्धुपाल्चोककी महिला छोरीसहित मृत भेटिइन्


तितोपाटी- काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् ।

गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बसोबास गर्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

शेर्पाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको छ ।

घटनाको प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...