तितोपाटी- नेकपा सचिवालय बैठक एक घण्टा पछि सरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता देखाउँदै आज दिउँसो १ बजेका लागि निर्धारित बैठक एक घण्टा पछि सारिएको हाे ।
यसअघि बैठकको औचित्य नरहेको भन्दै सहभागिता नजनाउने बताएका ओली बैठकमा सहभागी हुन तयार भएका छन् ।
भोलिका लागि निर्धारित स्थायी कमिटी बैठकको एजेण्डामाथि पनि आजको बैठकमा छलफल हुने बताइएकाे छ ।