Monday 23rd March 2026

नेपालमा पछिल्लो २४ घण्टामा १३०४ जनामा कोरोना पुष्टि


तितोपाटी- अवधिमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५०१ महिला र ८०३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । कुल संक्रमितमध्ये १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७३ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म २ लाख १६ हजार ५९४ जना संक्रमित निको भएका छन् ।
त्यस्तै, आज थप २१ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १ हजार ५२९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...