Wednesday 18th February 2026

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ


तितोपाटी- आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषलाई छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुष उनका श्रीमती, दुई छोरा र एक छोरीसँगै एक इँट्टा उद्योगमा काम गर्दै आएका थिए ।

परिवारजनका अनुसार करिब एक महिना अघि उनले छोरीलाई राति घरबाहिर लगी बलात्कार गरेका थिए । त्यसपछि गत मङ्सिर १२ गते राति पुनःबलात्कार गरेपछि श्रीमतीले नै ती पुरुषविरुद्ध प्रहरीमा उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।

पीडित बालिका र उनका बुबाको जिल्ला अस्पताल सर्लाहीमा स्वास्थ्य परीक्षण गरिएको र ती पुरुषलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राठौरले बताए।रासस


सम्बन्धित शीर्षकहरु

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

प्रतिकृयाहरू
...