Monday 23rd March 2026

नेकपा सचिवालय बैठक बस्दै


तितोपाटी- सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले अघिल्लो बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमा छलफल गर्न बैठक दिउँसो एक बजेपछि पार्टी कार्यालय धुम्वाराहीमा बस्न लागेको हो ।प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसको दश दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेका थिए। ओलीले उठाएका प्रश्नहरूको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत नेताहरुले सयुंक्त रुपमा लिखित जवाफ दिने तयारी गरेका छन । अध्यक्ष ओलीले दाहाललाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिएको उनीहरूको ठहर छद । दाहालले नेकपा गठन भइसकेपछि पार्टीमा समस्या देखिएको, झण्डै दुई तिहाइको सरकारले प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार तथा अनियमितता बढेको, कोरोनाले पारेको असरमा सरकारले देखिने गरी जनतालाई काम गर्न नसकेको आरोप लगाएका छन् । ओलीले भने दाहाललाई विभिन्न आरोप लगाएका छन्।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...