Monday 19th January 2026

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा


तितोपाटी- चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् ।

रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् ।
भारतका विदेशसचिव हर्षवर्धन शृंगला नेपाल भ्रमणमा आएर फर्किएको दुई दिनपछि नै चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आएका हुन् ।
उनी विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावासमा गएर दिवा भोजमा सामेल हुनेछन् । त्यसपछि जंगी अड्डा पुगेर प्रधानसेनापतिसँग औपचारिक वार्ता गर्नेछन् । उनी आइतबार नै बंगलादेश जाने कार्यक्रम रहेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...