Monday 23rd March 2026

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा


तितोपाटी- चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् ।

रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् ।
भारतका विदेशसचिव हर्षवर्धन शृंगला नेपाल भ्रमणमा आएर फर्किएको दुई दिनपछि नै चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आएका हुन् ।
उनी विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावासमा गएर दिवा भोजमा सामेल हुनेछन् । त्यसपछि जंगी अड्डा पुगेर प्रधानसेनापतिसँग औपचारिक वार्ता गर्नेछन् । उनी आइतबार नै बंगलादेश जाने कार्यक्रम रहेको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...