Monday 8th June 2026

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतद्वारा पचहत्तर हजार भन्दा बढी आर्थिक सहयोग


म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले दुई जना अस्पतालमा उपचाररत र दुई जना मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । हिजो  म्याग्दीको बेनी स्थित मोना कुवेतका सदस्य बिमल पुनले उक्त आर्थिक सहयोग रकम पीडित र मृतकका आफन्तलाई हस्तान्तरण गरेका हुन ।

कुवेतबाट दुबै मृगौलामा समस्या भए पछि मोना कुवेतको पहलमा स्वदेश फर्किएका मालिका गाउँपालिका घर भएका सुरेश पुन लाई नेपाली ३५,७९९, रघुगंगा गाउँपालिका घर भएका मानसिक रोगबाट ग्रसित दल बहादुर भण्डारी, दुबै मृगौलामा समस्या भई उपचारको क्रममा मृत्यु भएकी मंगला गाउँपालिका घर भएकी इन्द्र कुमारी रोकाको परिवार र दुबै मृगौलामा समस्या भई उपचारको क्रममा मृत्यु भएका बेनी नगपालिका -९ घर भएका इन्द्र बानियाको परिवालाई १३,३३९ का दरले आर्थिक सहयोग गरेको छ । मोन कुवेतले  तिन जनाका लागि प्रति व्यक्ति नेपाली १३,३३९ का दरले र सुरेश पुनलाई नेपाली ३५,७९९ सहित जम्मा नेपाली ७५,८१८ रुपैयाँ सहयोग गरेको छ ।

मोना कुवेतका कार्यसमितिबाट संकलन गरिएको १४० कुवेती दिनार चार जना पीडितका लागि बराबर र केही समय पहिले सुरेश पुन सहित आठ जना पीडितको लागि संकलन गरिएको आर्थिक रकम मध्य सुरेश पुनको लागि बाँकी रहेको ५८.५०० कुवेती दिनारमा कार्यसमितिबाट संकलित गरिएको रकम पनि थप गरी सहयोग गरेको हो। मोना कुवेतले ९ जना पीडितको लागि मोना कुवेतका पदाधिकारी, स्दस्य, कुवेतमा कार्यरत नेपाली  दाजुभाई, दिदिबहिनी तथा बिदेशी नागरिक लगायत संघ-संस्था बाट  जम्मा ५२८ कुवेती दिनार संकलन गरी ८ जना पीडित लाई पहिले नै ५८.५०० कुवेती दिनार अर्थात् नेपाली २१,८१७ का दरले हस्तान्तरण गरिसकेको छ भने सहयोगी दाताहरुको नामावली र सहयोग रकम सुरेश पुनलाई सहयोग गरे पछि मात्र सार्वजनिक गरेको मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिस्वकर्माले बताउनु भएको छ ।

म्याग्दीको बेनि बजार स्थित मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्यालको संयाेजकत्वमा सदस्य अमर कटवाल, सदस्य मेख घर्ती, मोना अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष ओमनारायण जुग्जाली, मोना युएईका अध्यक्ष रुद्र रोका लगायतको उपस्थितिमा ८ जना का लागि आर्थिक रकम हस्तान्तरण गरिएको थियो ।

आठ जना पीडितहरु म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका – ५ स्थायी बसोबास गर्ने क्यान्सर पीडित प्रसाद परियार, मालिका गाउँपालिका – ३ स्थायी बसोबास गर्ने गाडी दुर्घटना बाट पीडित निल प्रसाद गुरुङ, मालिका गाउँपालिका – ४ स्थायी बसोबास गर्दै आएका मृगौला पीडित नर बहादुर किसान, बेनी नगरपालिका – ९ स्थायी बसोबास गर्दै आएका  ब्लड क्यान्सर पीडित रिजन रत्न परियार, रघुगंगा गाउँपालिका – २ स्थायी बसोबास गर्दै आएका मृगौला पीडित ठाकुर परियार, मालिका गाउँपालिका – ३ स्थायी बसोबास गर्दै आएका मृगौला पीडित मान बहादुर पटेल, बेनी नगरपालिका – ५ स्थायी बसोबास गर्दै आएका मृगौला पीडित अमित दर्जी र मंगला गाउँपालिका – ५ स्थायी बसोबास गर्दै आएका मृगौला पीडित दिप बहादुर बुढा रहेका थिए । नौ जना पीडित मध्य केही पीडितको उपचार हुदैछ भने केहीको दुखद निधन भई सकेको मोना कुवेतका कोषाध्यक्ष कृष्ण प्रसाद खडकाले बताउनु भएको छ ।

मोना कुवेतले स्थापनाकाल देखी नै बिदेश तथा स्वदेशमा विभिन्न रोगबाट ग्रसित पीडितका लागि सक्दो आर्थिक सहयोग गर्दै आएको छ । कुवेतमा रोजगारीको सिलसिलामा आई अलपत्र परेका म्याग्देलीको उद्दार कार्यमा समेत उलेख्य योगदान दिदै आएको छ ।

 

मोना कुवेतको कार्यसमितिबाट चार जना पीडितका लागि सहयोगी दाताहरुको नामावली र रकम यस प्रकारको रहेको छ ।

नौ जना पीडितका लागि मोना कुवेतका पदाधिकारी, सदस्य, कुवेत लाई कर्मथलो बनाउदै आउनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनी, बिदेशी नागरिक लगायत संघ-संस्था बाट सहयोगी दाताहरुको नामावली र रकम यस प्रकारको रहेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

प्रतिकृयाहरू
...