Tuesday 17th February 2026

१६१४ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु


तितोपाटी- नेपालमा आज थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १ हजार ४ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै नेपालमा थप १ हजार ४ सय ३७ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ९ हजार ४ सय ३५ जना कोरोनामुक्त भएका छन् । त्यस्तै हाल १६ हजार ७ सय ९३ जना आइशोलेशनमा छन् भने ६ सय ८० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...