Monday 23rd March 2026

चिनियाँ राजदूत होउ यान्छीले भेटिन् नेकपा अध्यक्ष प्रचण्डलाई


तितोपाटी- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन् ।

प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेको स्रोतको दाबी छ । नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीले आफ्नो सक्रियता बढाउने क्रममा अध्यक्ष प्रचण्डलाइृ भेटेकी हुन् ।

यसअघि मंसिर २ गते साँझ उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमै गएर भेटेकी थिइन् ।

यसैबीच चिनियाँ रक्षामन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउँदै छन् ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...