Wednesday 18th March 2026

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


तितोपाटी- श्रीमती हत्याको आरोपमा झापा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका–६ का ४७ बर्षीय चुडामणि भण्डारी आफ्नै श्रीमती ३९ बर्षीया टीकादेवी पौडेललाई हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।

आइतबार दिउँसो साँढे ५ बजे टीकादेवी पौडेल र दमक नगरपलिका–२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएका थिए । दाहालसँगै काम गरेको देखेपछि आवेशमा आएका टीकाका श्रीमान चुडामणिले दुवै जनालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट टीकाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
खुकुरी प्रहारबाट घाइते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

साभार नेपाललाइभबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...