Monday 21st September 2026

पछिल्लो २४ घण्टामा ५ सय २ जना कोरोना संक्रमित, १७ को मृत्यु


तितोपाटी- पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । कुल संक्रमित मध्ये ३० हजार ९८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।आज २ हजार ८७८ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या १ लाख ७९ हजार २४२ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल १ हजार ३ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म १६ लाख १७ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ ।

 


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक…

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका…

प्रतिकृयाहरू
...