Wednesday 28th January 2026

संक्रमित डा. केसीले भने- उपचार खर्च आफैं व्यहोर्छु


कोरोना संक्रमित भई उपचार गराइरहेका चिकित्सक डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्।शुक्रबार कोरोना संक्रमण देखिएपछि केसी टिचिङ अस्पतालमा उपचाररत छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले ट्वीटरमार्फत केसीलाई स्वास्थ्यलाभको कामना गर्दै सरकारले उपचार खर्च व्यहोर्ने बताएका थिए। केसीले त्यसकै जवाफमा आज एक विज्ञप्ति जारी गर्दै संक्रमित विपन्न र दूरदराजका नागरिकले नै उपचार नपाएको अवस्थामा व्यक्ति विशेषको उपचार व्यहोर्नुभन्दा विपन्न नागरिकको उपचार खर्च व्यहोर्नमा सरकारको ध्यान जानुपर्ने बताएका छन्।

‘हामीसँग पटक पटक गरिएका सम्झौता कार्यान्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल मेडिकल कलेज बन्ने थिए’ उनले विज्ञप्तिमा भनेका छन् ‘त्यहाँका नागरिकले कोरोनाका साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निशुल्क, सर्वसुलभ स्वास्थ्य सेवा पाउने थिए। तसर्थ १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न अनुरोध गर्दछु।’ प्रधानमन्त्रीले गरेको स्वास्थ्यलाभको कामनाप्रति भने उनले धन्यवाद दिएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...