Thursday 15th October 2026

नेपालसहित ३४ देशबाट कामदारहरुलाई कुवेत आउन दिने तयारी


तितोपाटी- कोरोना महामारीका कारण रोक लगाएको कुबेतले प्रतिबन्धित देश नेपालसहित ३४ देशहरूबाट ७ दिनको होटल क्वारेन्टाइन बस्ने गरी श्रमिकहरुलाई प्रवेशमा अनुमति दिने भएको छ

कुबेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहररुले दिएको जानकारी अनुसार अब स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न मुलुकबाट श्रमिकहरुलाई प्रवेशको अनुमति दिने तयारी थालिएको हो ।

यहाँको स्वास्थ्य मन्त्रालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको १७ नोभेम्बरदेखि २४ घण्टा नै खोल्ने तयारी थालेको छ ।

प्रतिबन्धित देशहरूबाट आएका यात्रुहरूले सबै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने तथा अनिवार्य संस्थागत होटल क्वारेन्टाइनमा बस्नु पर्ने जनाइएको छ ।

होटेलमा क्वारेन्टाइनमा बसेको सातौं दिनमा पीसीआर परीक्षण गर्नु पर्नेछ रिपोर्ट नेगेटिभ आएको खण्डमा काममा फर्किन सक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यदि रिपोर्ट पोजेटिभ आए क्वारेन्टाइनको अवधि थपिने जनाइएको छ ।

अन्य स्वास्थ्य आवश्यकताहरूको लागि अतिरिक्त यात्रुहरुले क्वारेन्टाइनमा बस्न ७ दिनको लागि होटल बुकिङ्ग गर्नुपर्नेछ तर क्वारेन्टाइन स्थानहरूमा यातायातको साधन र कसैलाई एयरपोर्टमा यात्रु लिन जान अनुमति नदिने अरब टाइम्सले जनाएको छ ।

 

 


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...