Wednesday 28th October 2026

काँग्रेस सांसद केसीको पोखरामा निधन


कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिएका छन  ।

६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् । लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी रहेका केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...