Sunday 18th January 2026

भारतका सेना प्रमुख नेपालको ३ दिने भ्रमणको लागि कात्तिक १९ गते नेपाल आउँदै


तीतोपाटी – भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन तीन दिने भ्रमणका लागि यही कात्तिक १९ गते काठमाडौं आउने भएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।

रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन् ।

भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पणका साथै जङ्गी अड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । जनरल नरवणेको भ्रमण दल चार सदस्यीय रहने छ ।

नेपाल र भातरबीच सीमा विवाद चर्किरहेका बेला उनको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समेटिएपछि भारत नेपालसँग रुष्ट छ । उसले उक्त भूमि चीनको उक्साहटमा नेपालले नक्सामा समेटेको आरोप लगाउँदै आएको छ ।

भारतीय सेना प्रमुखको यो भ्रमणलाई दुई देशको सीमा विवाद समाधानका लागि कूटनीतिक पहलको महत्वपूर्ण माध्यम बनाउन सकिने कूटनीतिक जानकार बताउँछन् ।

भारतीय सेना प्रमुख यसअघि नै भ्रमणमा आउने बताइएको भए पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण उनको भ्रमण स्थगित भएको थियो । कोरोना नियन्त्रणका लागि रोकिएको उनको भ्रमण कात्तिक १९ गतेबाट हुन लागेको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...