Tuesday 17th February 2026

भारतका सेना प्रमुख नेपालको ३ दिने भ्रमणको लागि कात्तिक १९ गते नेपाल आउँदै


तीतोपाटी – भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन तीन दिने भ्रमणका लागि यही कात्तिक १९ गते काठमाडौं आउने भएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।

रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन् ।

भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पणका साथै जङ्गी अड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । जनरल नरवणेको भ्रमण दल चार सदस्यीय रहने छ ।

नेपाल र भातरबीच सीमा विवाद चर्किरहेका बेला उनको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समेटिएपछि भारत नेपालसँग रुष्ट छ । उसले उक्त भूमि चीनको उक्साहटमा नेपालले नक्सामा समेटेको आरोप लगाउँदै आएको छ ।

भारतीय सेना प्रमुखको यो भ्रमणलाई दुई देशको सीमा विवाद समाधानका लागि कूटनीतिक पहलको महत्वपूर्ण माध्यम बनाउन सकिने कूटनीतिक जानकार बताउँछन् ।

भारतीय सेना प्रमुख यसअघि नै भ्रमणमा आउने बताइएको भए पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण उनको भ्रमण स्थगित भएको थियो । कोरोना नियन्त्रणका लागि रोकिएको उनको भ्रमण कात्तिक १९ गतेबाट हुन लागेको हो ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...