Saturday 28th November 2020

कविताः परदेशीको दशैँ – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


बाबा आमा दाजुभाइ सबै इष्ट मित्र।
दिदी बैनी चेलीबेटी पर्ने नाता भित्र।
ससुरा र सासु अनि साला-सालीहरू।
मामा माइजु भाइ छोरा बुहारी र अरु।१। 🌷🙏🌺

साना बाबा ठूला बाबा सानी ठूली आमा।
सम्झेका र नसम्झेका नाता सम्पूर्णमा ।
साढुदाइ साढुभाइ डाडु पन्यु सबै।
दसैँको मौका पारी सम्झेँ मैले आजै ।२। 🌷🙏🌺

नवदुर्गा भवानीले रक्षा गरुन् भन्दै।
बिन्ती गरी बसेको छु दिन रात गन्दै ।
घरदेश जस्तो प्रदेशमा हुँदै हुन्न दशैँ।
जसो तसो गरिकन मनाउँदै छौँ अझै ।३। 🌷🙏🌺

आज भोली गर्दा गर्दै धेरै वर्ष बिते।
कतिपय इष्ट मित्र नातागोता टुटे।
टाढा टाढा बस्नु पर्दा भाइहरु छुटे।
सबैजना आफ्नो इक्षा पुरा गर्न जुटे ।४। 🌷🙏🌺

मनमा हुने सारा सबै इक्षा पुरा हुँदै जाउन्।
शत्रु बैरी ठाडो आँखा गरी हेर्न नपाउन् ।
रामचन्द्रको जस्तो शत्रु नाश हुँदै जाउन् ।
बिदुर जस्तो ज्ञानी हुनु सबै सोध्न आउन् ।५। 🌷🙏🌺

सम्पति होस दशरथ जस्तो बायु जस्तो गति ।
ऐश्वर्य होस् नहुष जस्तो नारायणको कीर्ति ।
दुर्योधन जस्तो मान युधिष्ठिरको सत्य ।
भिष्म जस्तो शुरता होस् नडग्नु एक रति।६। 🌷🙏🌺

आशिर्वाद आदान प्रदान गरी मानौँ दशैँ।
कोरोनाले फिँजाएको हल्ला जता ततै।
कुनै बेला पक्कै पनि हुन्छौँ हामी सँगै।
त्यतिखेर मनका कुरा खोलौँला है सबै ।७। 🌷🙏🌺

हरि शर्मा(गलकोटे)🌷🙏🌺
मिशिगन, अमेरिका । 🌷🙏🌺


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा तीन स्थानमा शान्तिपूर्ण तवरले मतदान भइरहेका छन्। महासंघको कार्यालय टेकुमा समाचार तयार पार्दासम्म…

तीतोपाटी - रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। आठवीसकोट नगरपालिका–८, घारीखोलाबाट जन्ती लिएर फर्कदै गरेको…

तितोपाटी- संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रंघले सो आग्रह गरेको…

प्रतिकृयाहरू