Tuesday 17th February 2026

पर्सामा कार्यकर्ता हत्या गर्ने जोसुकै भए पनि तुरुन्त कारबाही गरियोस – प्रचण्ड


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सामा पार्टीका कार्यकर्ता हत्या गर्ने जोसुकै भए पनि तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेका छन्।  आइतबार बेलुका विज्ञप्ति जारी गर्दै प्रचण्डले हत्याजस्तो जघन्य अपराधमा पनि सम्बन्धित स्थानीय निकायले उजुरी लिन आनकानी गरिनु आश्चर्यको विषय भएको बताएका हुन्।

‘यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भर्त्सना गर्दै क. चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारबाही गर्न माग गर्दै वक्तव्य जारी भएको पनि विदित नै छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु।’

नेकपा अध्यक्ष प्रचण्डद्वारा जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै:-

-नागरिकन्युजबाट

 


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...