Saturday 27th December 2025

लेबनानमा पुर्वप्रधानमन्त्री साद हरीरी तेश्रो पटक प्रधानमन्त्रीमा निर्वाचित


तीतोपाटी – लेबनानका पूर्व प्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्य तिर राजीनामा दिएकाले हरीरीले फेरी प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ । संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए । त्यसैगरी ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए ।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो । त्यसपछि उनले गत सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिएका थिए । उनको नेतृत्वको सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका हुन् । उनलाई आर्थिक संकटमा मुलुकलाई धकेलेको आरोप लगाइएको थियो ।

त्यसपछि गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो । तर उनी धेरै समय टिक्न सकेनन् । गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

नवनिर्वाचित प्रधानमन्त्री हरीरी सन् २००९ देखि २०११ सम्म पहिलो पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरेका थिए । उनी देशका पूर्व प्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हो । पूर्व प्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो । त्यसपछि नै उनका छोरा साद राजनीतिको केन्द्रीय भागमा उदाएका हुन् । उनी फ्युचर मुभमेन्ट पार्टीका नेता हुन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...