देश विकास गर्छु
भन्ने नेताहरुले
गरे काम त्यसको विपरीत
चुनावको बेला
घर घर गई मिठो बोल्दैं
भोट माग्नेहरु
अहिले जनताबाट भए अपरिचित ।
मेलम्चीको पानी ल्याउँछौ भन्दै थिए
त्यसैको बहानामा करोडौँ डुबाए
युवाशक्तिले बेरोजगार भई
मातृभूमिको बसाई गुमाए
रेमिटेन्सले कति देश चलाउँछौं सरकार
वातावरण मिलाएर आफ्नै देशमा
सिर्जना गर रोजगार ।
बजेट त ल्यायौ पन्ध्र खर्ब जतिको
तर पनि देशको स्थिती सुध्रिएन
कतिको धानखेतमा कार्पेट ओछ्याई
मन्त्रीलाई स्वागत गर्नुपर्ने
गरिब जनता चाहिँ जहिलेपनि
भोकभोकै मर्नुपर्ने ।
जनतालाई ऐन भए पनि
नेतालाई त चैन छ
बलात्कार, हत्या, हिंसा जति बढेपनि
सरकार सधै मौन छ
प्रतियोगिता त भइरहेको छ
देश र जनताको नाउँमा
देश विकासको लागि नभई
आफ्नै खल्ती भर्ने दाउमा ।
प्रकृतिले पनि
कति धोका दिन सकेकी छन्
जनता कहिले बाढीपहिरो त
कहिले महामारीले डर चिन्तामा परेका छन्।
देशमा प्राकृतिक स्रोत त नभएको होइन
उपयोग गर्न पो नसकेको हो
नेताको ढृढ इच्छाशक्तिको कमीले
विकास तर्फ नलम्केको हो ।
सरकारको नारा र भाषणमा
सिमित छ देशको विकास
कहिले होला यि अनगिन्ति
समस्याको निकास
कठैबरी!
मेरो देशको कहिले होला त विकास!
श्रीइच्छा केसी
कक्षा- १०
बृहस्पति विद्यासदन
नक्साल, काठमाडौँ