Sunday 22nd March 2026

श्रम स्वीकृतिको काम आजबाट पुनः सुरु हुँदै


वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ । कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो ।

वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ ।कर्मचारी संक्रमित भएपछि यसअघि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो ।निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...