Sunday 21st December 2025

आधा किलो सुनसहित दाजु बहिनी पक्राउ


कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दाजुबहिनी हुन्।मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट आधा किलो सुन बरामद गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले सेतोपाटीलाई बताए। सुनसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए। उनीहरू बिहीबार पक्राउ परेका हुन्। प्रहरीले आज घटनाबारे पत्रकार सम्मेलन गरी थप सार्वजनिक गर्ने बताएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...