Tuesday 17th March 2026

स्रविणी साथमा- छन्द गजल


तितोपाटी-
कामना शान्तिको, चाहना शान्तिको।
शान्तिकै आरती, साधना शान्तिको।
रातमा शान्ति नै, साथमा शान्तिको।
शान्तिकै उच्चता शुध्दता, शान्तिको।
कृष्णका गोपिनी, सुन्दछ्न् बाँसुरी।
बाँसुरी तालमा नाच्दछ्न् सुस्तरी।
राधिका मात्र हुन् कृष्णकी श्रीमती।
गोपिनी श्रीमती मान्दिए दुर्गन्धी।
पुस्तिका स्वस्तिका गायिका नायिका ।
राधिका साधना साथमा सृष्टिका।
कृष्णकै भक्तिमा पर्दछ्न पाउमा ।
लक्षमा पुग्नको गर्दछ्न् कामना
इन्दिरा सानुको साथमा मित्रता।
शान्तिको देन हो भक्तिमै सत्यता ।
काव्यको भव्यता, काव्यकै सभ्यता।
काव्यको शक्तिमा ईशको मान्यता
धूमको धूमिका, दीपिका दु:खमा।
शक्तिको भक्तिमा शक्तिकै शक्तिमा ।
सूर्यको कान्तिले छेकियो बत्ति त्यो ।
बुझ्नु है भक्तले भक्तिको मार्ग त्यो ।
हरि शर्मा
हाल- मिशिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...