Tuesday 17th March 2026

स्याङजाको वालिङमा पहिरोमा पुरिएर एकै परिवारका ९ जनाको मृत्यु


तितोपाटी- स्याङ्जाको वालिङ नगरपालिका-१४ स्थित तमादीमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ। एकै परिवारका १० जना पहिरोमा पुरिएका थिए।
तीन दिनदेखि परेको अविरल वर्षाले माया नेपालीको घर पुरिएको थियो। पहिरो परेर पाँच महिनाका बालकसहित एकै परिवारका नौ जनाको मृत्यु भएको हो।सुरक्षाकर्मी र स्थानीयले पहिरोमा पुरिएको घरबाट नौ जनाको शव निकालेको उद्धारमा खटिएका राजु डुम्रेले जानकारी दिए।

ज्यान गुमाउनेहरुमा पाँच वर्षीय बालक कविर नेपालीसहित घरधनी ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, ९ वर्षीय विवश नेपाली, १६ वर्षीया विनिता नेपाली, ३० वर्षीय दीपक नेपाली र ६० वर्षीया सानी नेपाली छन् ।पहिरोमा परेर घाइते भएकी १६ वर्षीया मनिषा नेपालीको पोखरामा उपचार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...