Thursday 7th August 2025

कोरोनाबाट पछिल्लो २४ घण्टामा १३५६ संक्रमित थपिए, अहिलेसम्म ४८ हजार बढि निको भए


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा १३५६ जना संक्रमित थपिएका छन् । सोहि अबधिमा ८२३ जना निको भएका छन् भने थप २ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ६६६३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १८१४२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ४२९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल ४८०६१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा काठमाडाैंका ५० वर्षीय पुरूष र काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला गरि जम्मा दुइ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ९ लाख ३४ हजार ९ सय ७७ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार १ सय ७१ जना रहेका छन् भने आइसियुमा २२३ जना र भेन्टिलेटरमा ३७ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ८९४९ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९१९३ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ३ करोड १७ लाख ६३ हजार भन्दा बढि संक्रमित भइ २ करोड ३३ लाख ६७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ७४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

प्रतिकृयाहरू
...