Saturday 27th December 2025

नेपालमा कोरोनाबाट विगत २४ घण्टामा १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमणबाट विगत २४ घण्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । यो संख्या कोरोनाको कारण दैनिक ज्यान गुमाउनेको संख्या अहिले सम्म कै उच्च हो । याेसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र १३ जना पुरुष रहेको बताए ।

मृतकहरू विभिन्न ११ जिल्लाका महिाल तथा पुरूषहरू रहेका छन् । मृत्यु हुने महिलाहरूमा मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाका ५२ वर्षीया गरी ३ जना महिलाको कोरोना संक्रमणले मृत्यु भएको छ ।

त्यसै गरि पुरूषहरूमा काठमाडौँका ५८ वर्षीय र ७३ वर्षीया, बाँकेका ५० र ५९ वर्षीय , भक्तपुरका ८४ र ६२ वर्षीय, झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय र रुपन्देहीका ६७ वर्षीय गरी १३ जना पुरुषको मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...