Sunday 12th April 2026

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको कुल संख्या ४११ पुग्यो


तितोपाटी – कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । प्रवक्ता डा.जागेश्वर गौतमले मृतकमा ६ जना महिला र ४ जना पुरुष रहेको बताए । मृतकहरू विभिन्न ७ जिल्लाका रहेका छन् ।

मृतकमा काठमाडौँका ३ जना रहेका छन् । ४० वर्षीया, ६० वर्षीया र ६३ वर्षीया महिलाको मृत्यु भएको हो ।

ललितपुरका ७५ वर्षीया, भक्तपुरका ७२ वर्षीया र पाल्पाका ४० वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा चितवनका ८० वर्षीय, रुपन्देहीका ६७ वर्षीय, धुनषाका ७६ वर्षीय र काठमाडौँका ८२ वर्षीय रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...