Monday 23rd March 2026

नेपालमा कोरोनाः १२०४ संक्रमित हुँदा १४४७ निको भए, थप ११ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा १२०४ जना संक्रमित थपिएका हुन् । सोहि अबधिमा १४४७ जना निको भएका छन् भने थप ११ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ६२७९७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १७१२९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ४०१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ७११जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल ४५२६७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ७ महिला र ४ पुरूष गरि ११ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ९ लाख ४ हजार ७ सय ६ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार ७ सय ३५ जना रहेका छन् भने आइसियुमा १७९ जना र भेन्टिलेटरमा ३५ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७९७६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९१५३ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ३ करोड ९ लाख ७६ हजार भन्दा बढि संक्रमित भइ २ करोड २५ लाख ७७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ६० हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...