Saturday 27th December 2025

अफगानिस्तानमा सेना र विद्रोही बिच झडप हुँदा कम्तिमा ५४ जनाको मृत्यु


तितोपाटी – अफगानिस्तानमा सेना र विद्रोही पक्षबिच झडप हुँदा कम्तिमा ५४ जनाको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ । घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् ।
अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच वार्ता भइरहेका समय भएको यो ठूलो भिडन्त हो । प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोगियानीले सिन्ह्वालाई दिएको जानकारी अनुसार नान्गाहर प्रान्तमा २० सैनिक र २९ तालिवान लडाकूको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा १५ सैनिक र २० लडाकू घाइते भएका छन् ।
पश्चिमी बग्गिस प्रान्तमा कादिसको जिल्ला प्रशासन कार्यालयमा हमला गर्ने आक्रमणकारीहरूविरूद्ध सुरक्षा बलले जवाफी कारबाही गरेको अर्को एक घटनामा तीन सैनिक र दुई विद्रोहीको मृत्यु भएको थियो । घटनामा छसैनिक र पाँच लडाकू घाइते भएका छन् ।
जिल्ला प्रमुख हैदर शरीफीले सिन्ह्वासँग भन्नुभयो, “प्रशासन कार्यालयलाई लडाकू समूहले कब्जा गर्न खोजेपछि सुरक्षा कार्यालयमा तैनाद सैनिक तथा प्रहरीले जवाफी कारबाही चलाएका थिए । भिडन्तका क्रममा जिल्ला कार्यालय भवनका केही भाग र एउटा सशस्त्र सेनाको गाडीमा विद्रोहीले आगो लगाएका छन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...