Monday 23rd March 2026

नेपालको कोरोना अपडेटःपछिल्लो २४ घण्टामा १२४६ संक्रमित, १२४३ निको भए


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जना संक्रमित भएका छन् । सोहि अबधिमा १२४३ जना निको भएका छन् भने थप ४ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ५९५७३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १६२४१ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३८३ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल ४२९४९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ३ महिला र १ पुरूष गरि ४जना रहेका छन् । मृतकहरूमामा मोरङकी ६४ वर्षीया महिला, चितवनकी ३६ वर्षीया महिला र कैलालीकी ५७ वर्षीया महिला तथा काठमाडाैंका ८७ वर्षीय पुरूष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ८ लाख ८२ हजार ९ सय १५ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार ८ सय ८३ जना रहेका छन् भने आइसियुमा १८२ जना र भेन्टिलेटरमा ३९ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ८३३८ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ७९०३ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ३ करोड ७३ हजार भन्दा बढि संक्रमित भइ २ करोड १८ लाख २६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ४५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...