Monday 16th February 2026

नेपालमा एकै दिन अहिले सम्मकै धेरै १५३९ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १५३९ जना संक्रमित भएका छन् । एकै दिनमा थपिएकाे याे संख्या हालसम्म कै उच्च हाे । सोहि अबधिमा १०६८ जना निको भएका छन् भने थप ८ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ५८३२७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १६२४२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३७९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ७३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल ४१७०६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ४ महिला र ४ पुरूष गरि ८ जना रहेका छन् । मृतकमा काठमाडाैंका ७४ र ७१ वर्षीया दुइ महिला, काभ्रेपलाञ्चोककी ५५ वर्षीया महिला र बाराकी ४६ वर्षीया महिला रहेका छन् भने सुनसरी र कास्कीका ७० वर्षीया एक-एक जना पुरूष, काभ्रेपलाञ्चोकका ४१ वर्षीय पुरूष र सप्तरीका ३५ वर्षीय पुरूष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ८ लाख ७२ हजार २ सय ७४ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार ८ सय २० जना रहेका छन् भने आइसियुमा १७३ जना र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७७०१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८५४१ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ९७ लाख ६२ हजार भन्दा बढि संक्रमित भइ २ करोड १५ लाख ६३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ३९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...