Saturday 5th July 2025

शुक्र ग्रहमा जीवनको संकेत दिने ग्यास भेटियो


तितोपाटी – खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा  जीवन भएको संकेत दिने गयास भेटिएको जनाएका छन् । भेटिएको ग्यासको नाम फस्फिन हो । यो एउटा यस्तो अणु हो जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको छ । शुक्र ग्रहको ५० किलोमिटर माथि रहेको वादलमा त्यो ग्यास भेटिएको ।

धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ । यो पेन्गुइन जस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ । यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ ।

फस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रुपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन् ।

वैज्ञानिकको समूहले शुक्रमा जीवन सँग सम्बन्धित ग्यास भेटए पनि जीवन भेटिएको दाबी गरेका छैनन् । उनीहरुले शुक्र गहको वादलमा वैज्ञानिकले शुक्र ग्रहको बादलमा यो ग्यास अत्यधिक मात्रामा भएकोले त्यहाँ जीवनको सम्भावनाबारे थप पत्ता लगाउनुपर्ने बताएका छन् ।-बीबीसी


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...