Sunday 22nd March 2026

पर्वतमा पहिरोले घर पुरिँदा ४ वर्षीया बालिकाको मृत्यु


तितोपाटी – पर्वतको फलेबास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ  । सिर्सुवाका नवीन विकको घर पुरिँदा उनकी ४ वर्षीया छोरी निकिता विकको मृत्यु भएको प्रहरीले जनाएको हो ।

राति २ बजेदेखि निरन्तर परेको वर्षापछि बिहानीपख घरमाथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको अवस्थामा भागेर बाँच्न सफल भएको स्थानीय आनन्द गौंडेलले बताए । १२ जनाको संयुक्त परिवार बसेको घरमा पहिरोले क्षति पुर्‍याएको छ ।

पहिरोमा पुरिएर नविन बिककी श्रीमती लक्ष्मी विक सहित अन्य दुई जना घाइते भएका छन्। घर पुरिंदा घाइते भएकाको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए। पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरिएको थियो ।

नविनका घरमा पालिएका दुई भैंसी र एक गोरु समेत पुरिएका छन् । पहिरोले दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ।

 

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...