Wednesday 10th September 2025

पर्वतमा पहिरोले घर पुरिँदा ४ वर्षीया बालिकाको मृत्यु


तितोपाटी – पर्वतको फलेबास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ  । सिर्सुवाका नवीन विकको घर पुरिँदा उनकी ४ वर्षीया छोरी निकिता विकको मृत्यु भएको प्रहरीले जनाएको हो ।

राति २ बजेदेखि निरन्तर परेको वर्षापछि बिहानीपख घरमाथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको अवस्थामा भागेर बाँच्न सफल भएको स्थानीय आनन्द गौंडेलले बताए । १२ जनाको संयुक्त परिवार बसेको घरमा पहिरोले क्षति पुर्‍याएको छ ।

पहिरोमा पुरिएर नविन बिककी श्रीमती लक्ष्मी विक सहित अन्य दुई जना घाइते भएका छन्। घर पुरिंदा घाइते भएकाको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए। पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरिएको थियो ।

नविनका घरमा पालिएका दुई भैंसी र एक गोरु समेत पुरिएका छन् । पहिरोले दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ।

 

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

प्रतिकृयाहरू
...