Sunday 25th May 2025

नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जना संक्रमित, ९७२ जना निको भए, थप ५ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित भएका छन् । सोहि अबधिमा ९७२ जना निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ५१९१९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १४९२५ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३२२ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रकार अपरान्ह सम्म कुल ३६६७२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा मोरङकी एक ४० वर्षीया महिला तथा महोत्तरीका ६५ वर्षीय पुरूष, धनुषाका ४५ वर्षीय पुरूष, काठमाडाैंका ७० वर्षीय पुरूष र नवलपरासीका ५५ वर्षीय पुरूष गरि ५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ८ लाख २१ हजार १ सय ८६ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन् भने आइसियुमा १७० जना र भेन्टिलेटरमा २५ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ६६६३४ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८२९१ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ८३ लाख ७१ हजार भन्दा बढि संक्रमित भइ २ करोड ३ लाख ७० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख १४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुबेत। “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज कुवेतद्वारा आयोजना गरेको नवौं वृहत रक्तदान कार्यक्रम हिजो…

सिरियामा रहेका प्यालेस्टिनी गुटका नेताहरू, पहिले बशर अल-असदको शासनसँग गठबन्धन गरेका थिए र इरानको समर्थनमा पाएर त्यहाँ सुरक्षित रुपमा आफ्ना…

आईपिएलका खेलहरु जारी रहेका छन। मे २२ तारिखसम्म खेलाईएका खेलहरुमा गुजरात १८ अंक सहित शिर्ष स्थानमा रहेको छ । दोस्रो…

प्रतिकृयाहरू
...