Sunday 21st December 2025

सरकारले ३ वर्ष देखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्यो


तितोपाटी – नेपाल सरकारले ३ वर्ष देखि रोकिएको जग्गा कित्ताकाट पुनः खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो ।

तत्कालिन भुमि व्यवस्था मन्त्री गोपाल दहितले वि.स.२०७४ सालमा देशभर कृषियोग्य भूमि खण्डीकरण रोक्न भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेकाे थियाे । त्यसयता बन्द रहेको कित्ताकाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले फुकुवा गर्ने निर्णय गरेकी हुन् ।

मन्त्रालयको निर्णयमा भनिएको छ, जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

बन्द गरिएको जग्गा कित्ताकाटले खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले फुकुवा गरेको हो । तत्कालिन भुमि व्यवस्था मन्त्री दहित आफैले १३ वटा कम्पनी र व्यक्तिलाई भने जग्गा प्लटीङ गर्न पाइने निर्णय गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...