Sunday 19th May 2024

पाँच अन्तर्राष्ट्रिय उडानबाट २६४ नेपाली स्वदेश फर्किए


तितोपाटी- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत् २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका अनुसार सोमबार नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ।

सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ। यस्तै हिमालय एयरलाइन्सले दोहाबाट १२६ यात्रु काठमाडौं ल्याएको छ। एयर अरेबियाको जहाजले ६ हजार ६५० कार्गो नेपाल ल्याएको छ।

यता नेपाल एयरलाइन्सको जहाज मंगलबार राति १ बजे जापानको नारिता उड्दैछ। नियमित उडानअन्तर्गत निगमको यो पहिलो उडान हो। नारिताबाट नेपाली लिएर बुधबार काठमाडौं फर्कने तालिका छ। आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि चीनको कुनमिङ उड्ने विमानस्थलले जनाएको छ।

बुधबार पनि विभिन्न मुलुकबाट पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन्। हिमालय एयरलाइन्स माल्दिम्भमा रहेका नेपालीलाई काठमाडौं ल्याउनेछ। सोही एयरलाइन्सले चीनको कुनमिङ र चोङकीङबाट कार्गो ल्याउनेछ। कतार एयरवेज दोहाबाट काठमाडौं आउने उडान तालिका छ।
आन्तरिकतर्फ मंगलबार विभिन्न एयरलाइन्सका सात चार्टर्ड उडान भएका छन्। समिट एयरले सिमिकोट, श्री एयरको हेलीले डोल्पा, प्रभुले लमजुङ मनाङ एयरले पोखरा, सिम्रिक एयरको हेलीले खोटाङ, तारा एयरले फाप्लु र एयरडाइनेष्टिले रुकुममा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...