Tuesday 17th March 2026

गोंगबु घटनाको प्रहरी अनुसन्धान सकियो, अभियु्क्तलाइ जन्मकैद माग


तितोपाटी – केही साताअघि गोंगबुमा भएको विभत्स हत्याकाण्डमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्यामा संलग्न मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)ले अभियोग स्वीकार गरेको भन्दै अभियुक्त कल्पनालाई जन्मकैदको सजाय माग दाबी गरिएको छ । साथै शव व्यवस्थापनमा सहयोग गरेकी उनकी १५ वर्षीया छोरीलाई जन्मकैदको दुइतिहाइ कम सजाय माग गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले बोहोराको हत्यामा संलग्न भएको आरोपमा कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै उनले बोहोराको हत्या योजनाबद्ध रुपमा आफैँले गरेको स्वीकार गरेकी थिइन् । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइतीघर पुगेकी थिइन्।

पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो। शव २५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको र खुट्टा काटिएको अवस्थामा भेटिएको थियो भने टाउको र खुट्टा केही पर झोलामा भेटिएको थियो।

मुलुकी अपराध संहिता ०७४ परिच्छेद ५ को दफा ४२ अनुसार जन्मकैद भन्नाले २५ वर्ष कैदजीवन बिताउनुपर्ने भनिएको छ। त्यसो हुँदा कसुर प्रमाणित भए अभियुक्त मुडभरीले २५ वर्ष कैद सजाय कटाउनुपर्नेछ। त्यस्तै उनकी १५ वर्षीया छोरीको हकमा उमेर पुगेको व्यक्तिलाई कानुनबमोजिम हुने सजायको दुईतिहाइ कम सजाय हुनेछ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...