Saturday 27th December 2025

अफ्गानिस्तानमा बाढीको कारण कम्तिमा १०० को मृत्यु


तितोपाटी – अफगानिस्तानको उत्तर पुर्वी पर्वान प्रान्तमा आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने सैयाैं घरहरू भत्केका छन् । पर्वान पान्तको चरिकर सहरमा भारी वर्षा पछि बुधबार बिहानीपख भीषण बाढी आएको हो । अल जजिरा न्यूजकका अनुसार बाढीको समयमा मानिस सुतिरहेका थिए । मृत्यु हुनेहरुमा अधिकांश महिला तथा बालबालिकाहरु रहेको जनाइएको छ ।

प्रान्तका प्रवक्ता वाहिदा सकारले बाढी प्रभावितहरुको उद्धार कार्य जारी रहेको जनाएका छन् । उद्धार टोलीले नष्ट भएका घरहरुमा दबिएका व्यक्तिहरूको खोजी गर्ने क्रममा मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।

बाढीका कारण दर्जनौं घरहरुका पुरिएका स्थानीयहरुको भनाइ छ । ‘५० भन्दा बढी घरहरु पूर्णरूपमा ध्वस्त भएका छन् । बाढीको समयमा सबै मानिस घरमा थिए । कति जनाको ज्यान गयो भन्ने कुनै यनिक छैन,’ पर्वान प्रान्तका स्थानीय अहमद जानले भने ।

प्रहरी तथा उद्धारकर्मीहरुले बाढी प्रभावितहरुको खोजी तथा पुन:स्थापनको कार्य गरिहेको छ । अफगान राष्ट्रपति असरफ घानीले आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका जनाइएको छ । उनले बाढीमा परि ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस अघि पनि अगस्ट पहिलो साता आएको बाढीका कारण अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा १६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १५ जना बालबालिका थिए । बाढीका कारण दर्जनौं घरहरुका ध्वस्त भएका थिए ।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...