Tuesday 17th March 2026

चितुवासँग लडाइँ गरी हरिबहादुरले बचाए ज्यान


बेसीसहर नगरपालिका– ७ साम्दीका ६९ वर्षीय हरिबहादुर थापाले चितुवासँग जुधेर आफ्नो ज्यान मात्रै बचाएनन्, चितुवाको ज्यानै लिएका छन् । आइतबार बिहान खेतबाट घाँस काटेर घर फर्किरहेका नेपाली सेनाका पूर्वलप्टन हरिबहादुरलाई चितुवाले एक्कासि आक्रमण गऱ्याे । तर, उनी डराएनन्, उल्टो चितुवामाथि जाइलागे । ‘बिहान ८ बजेको घटना हो,’ हरिबहादुरले भने, ‘चितुवा एक्कासि ममाथि जाइलाग्यो । मैले गुहार नै माग्न पाइनँ, एक्कासि कोपार्न आएको चितुवाले मलाई लडायो । हातमा हँसिया थियो । अन्दाधुन्द हानेँ । चितुवाको टाउको र मुखमा लागेछ । चितुवाले झनै झम्ट्यो । मैले फेरि हँसियाले अन्दाधुन्द हानेँ । चितुवा केही पर गएर लम्पसार पऱ्याे ।’ त्यसपछि दौडेर चिच्याउँदै घर आएको उनले बताए ।

उनकी श्रीमती सीता थापाले भने चितुवाले श्रीमानलाई मारेछ कि भन्ने ठानेको बताइन् । तर, चितुवा नै घाइते भएको देख्दा अचम्म लागेको सुनाइन् । उनी भन्छिन्, ‘चितुवासँग भिडेको अन्तिम समयमा मात्रै थाहा पायौँ ।’हरिबहादुरको पाखुरामा र हातमा चितुवाले चिथोरेको छ । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । हरिबहादुरलाई आक्रमण गर्ने चितुवा डेढ वर्षको पोथी चितुवा भएको उनको भनाइ छ । मारिएको चितुवालाई डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...