Tuesday 17th March 2026

राष्ट्रिय झण्डा जलाएको म्यूजिक भिडियो बनाउने गायकसहित ९ जना पक्राउ


तितोपाटी – म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झण्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । उक्त गीत ग्लाल्जेन दोर्जे स्वयंले रचना गरेका हुन् । मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक उक्त भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत जलाइएको छ ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...