Thursday 28th August 2025

राष्ट्रिय झण्डा जलाएको म्यूजिक भिडियो बनाउने गायकसहित ९ जना पक्राउ


तितोपाटी – म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झण्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । उक्त गीत ग्लाल्जेन दोर्जे स्वयंले रचना गरेका हुन् । मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक उक्त भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत जलाइएको छ ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...