Monday 5th October 2026

तिज गीत -प्रमिला पराजुली (भण्डारी)


यसपालीको तिजमा कोरोनाको डर ।
कहाँ जान पाईएला र माईतीको घर ।
बिरानो पो हुने हो कि मेरो माईती घर ।
अर्को वर्ष पोहोर जस्तै आउँछु बरोबर ।१।

मिलेरै बसौं सासु,नन्द सबैजना कर्म घर ।
आमा अनि बहिनी समान छैन कोही पर ।
आगे साल अाउँछु वर यो साल पर-पर ।
कालले साँचे फेरि फेरि,खाउँला नि दर ।२।

सुरच्छित रहन नहिड्नुहोस् लखर लखर ।
न निस्किउँ बाहिर भित्रै बसौं आफ्नो घर ।
ज्यान भन्दा ठुलो हैन चाड मनाउने रहर ।
के हुँदैछ दैनिक सुनौं कोरोनाको खबर ।३।

जे जस्तो छ खुसी हुँदै जहाँ डेरा, कोठा, घर ।
बँच्ने उपाय खोजौं, खान चाहिन्न दुधको तर ।
सम्झिँदा नि दुख्छ मुटु छाती चिरी चरचर ।
कति बनायो बिजोग कति रुन्छन् धरधर ।४।

देशै भरी कोरोना,बाढी-पहिरो वर्षा झरझर ।
मानव विनाश सुन्दा कम्प छुट्यो थरथर ।
त्यसैले यसपालीको तिज मान्ने कर्म घर ।
साँच्चै बाँचे अर्को वर्ष तिज मान्ने जन्म घर ।५।

-प्रमिला पराजुली (भण्डारी)
पेप्सीकोला, काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...