Wednesday 27th August 2025

प्रेश काउन्सिलको अध्यक्षबाट किशोर श्रेष्ठ हटाइए, दुर्गा भण्डारी नयाँ कार्यवाहक अध्यक्ष


तितोपाटी – नेपाल सरकारले प्रेश काउन्सिलको कार्यवाहक अध्यक्ष पदबाट किशोर श्रेष्ठलाइ हटाएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले श्रेष्ठलाइ अध्यक्षबाट हटाएर काउन्सिलका सदस्य दुर्गा भण्डारीलाइ कार्यवाहक अध्यक्ष नियुक्त गरेको हो ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै  भण्डारीलाई जिम्मेवारी दिएको हो । भण्डारीलाई केही दिनअघि मात्रै सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो ।

श्रेष्ठको काउन्सिलको सदस्य पद भने यथावत नै रहेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को ६ (१) कअनुसार नेपाल सरकारले गठन गर्ने काउन्सिलमा  ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ ।

 


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...